नयाँ नेपाल
October 31st, 2009
Comments off
‘छलाङ’भनेको महल र पजेरोमा पुग्नु रहेछ
अग्रगामी भनेको सर्बत्र ‘गामी’रहेछ
अभाव र महगी अनी बेथिती नयाँ नेपाल रहेछ
लुटपाट र कब्जा सस्क्रीती लोकतन्त्र रहेछ
सनातन धर्ममा हाँसिया हतौडा वजार्नु गणतन्त्र रहेछ
सर्बसत्तावाद नै गणतन्त्रको अझ सुन्दर पारीभाषा रहेछ
जनताको हातमा बन्दुक नागरिक सर्बोच्चता रहेछ
पत्निको पती हुन त कैयन वाचा गर्नुपर्ने
राष्ट्रको पती हुन जे गरेनी हुने?
कुनै दिन ,
ओबामाले किस्वहिली भाषामा वाचा गर्नुपर्ला
सोनियाले इटालियन भाषामा वाचा गर्लिन
सुजाताको इच्छा ‘जर्मन’भाषामा हुन सक्ला
सेनापतिले गुरुङ भाषामा सपथ लिनु पर्ला
नयाँ नेपालमा शायद शब्दहरुको पुनपरिभषित मात्र होइन
नयाँ नेपालको नयाँ शब्दकोश निर्माण होला ।
-लेखनाथ पौडेल
Categories: Literature