हामी
बिभिन्न स्रजकहरुको सृजना पाठकहरु समछ लैजाने प्रयास अन्तर्गत रङीनचराका सकृय सदस्य दीपक पौडेलको रचना ‘हामी’ आज यहाँ पस्किएको छु। तपाईंहरु पनि आफ्नो लेख-रचना रङीनचरामा प्रकाशित गर्न चाहनु हुन्छ भने कृपया rangeenchara@gmail.com मा ईमेल गरेर पठाउनु होस।
सपना थियो हामी सम्बृद्ध हुने
आकांक्षा थियो चौतर्फी बिकासको
थियो चाहिएको तरक्की जलस्रोतमा
आवस्यकता हो सुधारको शिक्षा र रोजगारिमा !!
छ उन्नत जनचेतनाको स्तर पनि
छ भएको स्थापना गणतन्त्रको पनि
छ सम्पन्न भएको संबिधानसभाको निर्वाचन
छ पर्याप्त्तता नेतागण र दलहरुको पनि !!
तर,
बन्द र चक्काजाम स्वभाविक बनेको छ
अभाब र महंगीले सगरमाथा मात गर्न थालेको छ
लोडसेडिङले किर्तिमान कायम गरेको छ
विश्वाशको संकट झन गहीरिएको छ!!
अग्रगमनको नारा दिनेहरू
सर्बसत्ताबाद्को डन्का पिटनेहरू
प्रदेश र सँघियताको नारादिनेहरू
नेपथ्यबाट फोहोरी खेलखेल्नेहरू !!
सबै चलमलाइरहेछन फगत चलमलाईरहेछन
राष्ट्रियता खोक्रो भईरहेछ
अखण्डता चोइटीरहेछ
सार्वभौमीकता धर्मराइरहेछ
मुलुक पराधिन बनीरहेछ !!
हामी टुलु टुलु हेरीरहेछौ
केबल हेरीरहेछौ !!
-दीपक पौडेल