viagra online

Archive

Archive for March, 2009

FreeSMS New Releases

March 26th, 2009

When we started FreeSMS service, we knew that people would like the service but we were not very sure how much. In the short time since we started FreeSMS, we received very good response from members and we decided to improve FreeSMS as a service for the long-run.

There were two major issues with FreeSMS : i. Ensuring proper use of the service so that people could not use it for sending unsolicited messages and ii. Finding ways to generate fund to cover operational cost. We have come-up with ways to do both.

To ensure responsible use of FreeSMS, we now require members to verify their cell-phone before using FreeSMS. If people do not have a cell-phone but just landlines, we can verify that too. If there are students without access to phone (I was one of them for few months!), they can send e-mails from their .edu domain and we can verify them. The bottom-line is we need to have some verifiable information about you; we want to make it easy for the good-guys and difficult for the bad guys.

There is some innovation in our solution to the second problem, raising money to run FreeSMS. Many of you requested higher daily SMS quota and longer message length. We were looking for ways to do so without making you pay for it. As the saying goes, necessity is the mother of invention, we found a way. If you want a higher SMS quota and longer messages, participate in an advertisement program for free and the advertiser will pay us to cover part of the cost. Something is always better than nothing!

Some chapters from the advanced statistics classes that we took in college also suggested that the basic account daily quota needed to be reduced as that would encourage more people to go for premium account and also reduce cost for those who (for some stupid reason) won’t upgrade to premium account for free.

This new release of FreeSMS appeared to be necessary step to ensure sustainability of FreeSMS and we took pain in building the methods to verify your cell-phones and to provide you ways to get bigger SMS quota. If you think we are mistaken, please correct us and let us know what else we could have done. If you think we are right, we are happy that we were able to serve you!

Uncategorized

Nepal in 1968

March 22nd, 2009

I admit I have been too slow in posting new content. It is partly because I am busy with other developments and partly because I need a long time to decide what to post. I have received feedback from some members that the last few posts were very long for a blog post. I now think that’s true and would try to take that into consideration from now on.

Today I have come up with a post that takes us all to Nepal, not the Nepal of today but that of 1968. I came across this photo set in Flickr from a tourist who visited Nepal back in 1968. This guy apparently has been to Nepal later as well.

I will let you see the pictures and interpret it on your own. To say the least, Nepal has changed a lot in the last 40 years. Your thoughts?

Meeting Place, Bhatgaon, 1968Selling Hens, Bhatgaon, Nepal, 1968Passing Time, Bhatgaon, Nepal, 1968Window detail, BhatgaonStreet in Bhatgaon, Nepal, 1968Houses in Bhatgaon, Nepal, 1968Bhatgaon, Nepal, 1968Bhatgaon, Nepal, 1968Harvest, Bhatgaon, Nepal, 1968Dattatraya Temple, Bhatgaon, Nepal, 1968Bhatgaon, Nepal, 1968Garland Sellers, Kathmandu, Nepal, 1968Garland sellers, Kathmandu, Nepal, 1968Street Bazaar, Kathmandu, Nepal, 1968Ghats, Pashupatinath, Nepal, 1968Ghats, Pashupatinath, Nepal, 1968Kathmandu Valley House, Nepal, 1968Kathmandu Valley, Nepal, 1968Swayambhunath, Kathmandu, 1968Swayambhunath, Kathmandu, Nepal, 1968Reclining Vishnu at Budhanilkantha, Kathmandu, Nepal, 1968Kathmandu Valley House, Nepal, 1968Mythical Animal, Kathmandu, 1968Paan Seller's Shop, Kathmandu, Nepal, 1968Kathmandu Temple 1968Tailor, Kathmandu, Nepal, 1968Harvest, Pokhara, Nepal, 1968Phewa Tal, Pokhara, Nepal, 1968Pokhara House, Nepal, 1968Storing Hay, Pokhara, Nepal, 1968Pokhara House, Nepal, 1968Pokhara  House, Nepal, 1968Mule Train, Pokhara, Nepal, 1968Goatherd, Pokhara 1968Pokhara, Nepal, 1968Basket Maker, Pokhara, Nepal, 1968Mules, Pokhara, Nepal, 1968Pokhara Valley, Nepal, 1968Seti River, Pokhara Valley, Nepal, 1968Seti River, Pokhara Valley, Nepal, 1968Seti River, Pokhara Valley, Nepal, 1968Children, Pokhara, Nepal, 1968Seti River, Pokhara Valley, Nepal, 1968Bridge building, PokharaSeti Gorge, Pokhara, Nepal, 1968Pokhara Airport, Nepal, 1968Pokhara Bazaar, Nepal, 1968Pokhara Bazaar, Nepal, 1968Carrying Straw, Pokhara, Nepal, 1968Carrying Straw, Pokhara, Nepal, 1968Pokhara Evening, Nepal, 1968Wood Gatherers, Pokhara, Nepal, 1968Pokhara Street, Nepal, 1968Bhatgaon, Nepal, 1968Bhatgaon Square, Nepal, 1968Sculpture, Bhatgaon, Nepal, 1968Batsala Temple, Bhaktapur, Nepal, 1968Golden Gate, BhaktapurDurbar Square, Bhaktapur, 1968Nyatapola Temple, Bhaktapur, Nepal, 1968Bhairabnath Temple, Bhaktapur, Nepal, 1968Temple in Patan, Nepal, 1968Temple in Patan, Nepal, 1968Basket  Shop, Patan, Nepal, 1968Patan, Durbar Square, Nepal, 1968Krishna Temple, Patan, Nepal, 1968Durbar Square, Patan, Nepal, 1968Fountain, PatanPatanPatan, Durbar Square, 1968Durbar Square, Patan, Nepal, 1968Kalmochan Temple, Kathmandu, NepalKathmandu, Nepal, 1968Temple, Durbar Square, Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu House, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Buddhist Shrine, Kathmandu, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Kathmandu, Nepal, 1968Garuda, Durbar Square, Kathmandu, Nepal, 1968

Here is a link to the original album for those of you who want to explore more: http://www.flickr.com/photos/east_med_wanderer/sets/72157603771972752/ .

Uncategorized

गन्थन

March 2nd, 2009

गत हफ्ता मलाई मनपर्ने लेखक दीपजि सँग मैले पत्राचर गरेर दुई वटा चिज मागेको थिए समस्त रङीनचरा पाठकका तर्फ बाट। वहाँका रचनाहरु रङीनचरा मा प्रकाशित गर्ने अनुमती र वहाँको परिचय। दीपजि लाई मैले चिनेको वहाँको रचनाहरु साझामा मा पढेर हो र त्यो परिचय त्यतीमै सिमित थियो। दीपजिको महानत भन्नु पर्छ वहाँले दुवै प्रदान गर्नु भएको छ। वहाँ को एउटा रचान ‘गन्थन’ यहाँ प्रस्तुत गरेको छु भने वहाँको परिचय वहाँकै शब्दमा एसै रचनाको कमेन्टको रूपमा प्रस्तुत गरेको छु। रङीनचराका पाठकहरुलाई दीपजि को रचना कस्तो लाग्ने होला भन्ने मेरो उत्सुकता अब यहाँहरुको प्रतिकृया ले मात्र शान्त पार्न सक्छ।

परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको।

बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। मायाले दिदा रेछन तर थर्काएरै खाइया छ कि झै गरीन्थ्यो।

मेरो एउटा साथी थ्यो, घर भरी बाहीर लगेर बेच्न पाए आफुलाई केही आमदानी पनि हुने घरकाले पनि खासै वास्ता नगर्ने केही भेटीन्छ कि भनेर घर तलासी गर्दा औसधीको एउटा पोको भेट्टाएछ। के औसधीका दाना हुन ती के जान्नु? अरु थोक केही भेटेनछ बेचेर आम्दानी गर्दा ढाडाँ सुम्ला नबस्ने। अब त्यो औसधीको पोको त्यो पनि के को लागि हो थाह छैन त्यस्तो औसधी कस्ले किन्ने? अर्थोक केही पनि नभेटेको झोकाँ त्यै पोको बोकेर पुगेछ बारी बाट टिपेर ल्या साग केलाउँदै गर्या आमाकहाँ र कुर्लेछ “ए आमा, खै अलिकति पैसा दीनु त” उसैले कत्ति न राख्न देको जस्तो। आमा चै ले त छोरो तिर हेर्दा पनि हेरीनछिन। के हेरुन हेर्न पनि? सधै पैसा माग्ने छोरो चैं। दीन छाडेको पनि निक्कै भैसक्या रेछ। सधै जस्तो कराउँछ, घुर्काउँछ जान्छ पछी आन्द्रा बटारीए पछी र ओछ्यानमा तेर्सीन परे पछी नअन्मरीई छोडदैन भनेरै होला आमा चैं ले वास्ता गरीनछिन। साथी पनि अरु दिन भन्दा अरु बढ्तै तातेछ त्यो दिन। योजना बनाएरै पुग्या थ्यो नी त। अनि त आमाको आँखै अगाडी हातभरी औसधी मुट्ठाएर गर्जे छ, “तपाईँ पैसा दिने मलाई कि म यो सबै औसधी बुक्याईदिम?” आमा अलि सतर्क भै छन। “काँ बाट ल्याईस ए मोरा त्यो बिघ्न गोली? के का गोली हुन ती?” झस्के जसरी सोधी छिन। अन्त ए त्यसरी आमा झस्केकी चाल पाए पछी त साथीको आत्मबल झिमिक्क गर्दा धरहरा चढीसकेको। त्यै आत्मबलको उडानमा उड्दै साथी उफ्रेछ, “मलाई लामो कुरा गर्ने फुर्सद छैन, झिक्ने भए खुरुक्क पैसा झिक्नुस हैन भने मलाई अरु कुरा थाह् छैन सबै औसधी रित्याईदिन्छु अनि थाह पाउनु होला– सधै यस्तो किचकिच गरेर कतिन्जेल बाँच्नु? दिक्कै लाग्ने” भन्दै औसधी भुट्या भटमास मुखाँ हुर्याउन ला जसरी औसधी फक्याउन ला देखे सी “कस्तो कुजात जन्मीएछ, असाध्यै पिर्ने” भन्दै आमाले सराप्दै सोधी छीन “कति पैसा चाहिएको तँलाई?”

त्यो औसधीको पोको त्यो साथीले धेरै पछी सम्म भजाउँदै थ्यो। पछी अत्ति भए पछी आमा चैं ले “ल घिच मोरा घिच सबै गोली घिच –”भन्न थाले पछी “के का गोली हुन के का–ज्यानै गयो भने त? भएन बर्बाद?” भनेर हुर्याईदिएछ ढलमा।

घर बाट निस्कियो। यता जाने यो गर्ने भन्ने केही छैन। बतासिंदै मुखाँ आ जति कुरा भट्ट्यायो हिन्यो जता पुगिन्छ पुगिन्छ। बेलुका बरालिएर घर आईपुग्दा आफुलाई मन पर्ने दाल तर्कारी पकाको हुनु पर्ने अनि भात ठिक्क पस्किने बेला भाको हुनु पर्थ्यो हैन भने “दिन भरी घराँ बसेर पनि भोक लाग्या बेला खान नदिने” भनेर सुनाईदिईन्थ्यो।

गर्ने त केही थिएन तै पनि घराँ केही काम अर्हाए भने फुर्सद छैन भनिन्थ्यो। त्यस्तै एक दिन बेफुर्सदी भाको बेला घराँ चर्किने गरी एक भुँडी भात बजाएर १० बजे तिर होला निस्केको बाटाँ भुस्याहा कुकुर, भरखरै कुदेको मोटर, झ्याल ढोका तिर फलेका तरुनीहरु, के का लागि हो बाटाँ खन्दै गरेको खाल्डो सबै निरिक्षण गर्दै नागपोखरी पुग्दा १२ बजि सक्या थ्यो। त्याँ पनि गर्ने त केही थिएन। नागपोखरी जाने भनेर हिन्या भे पो –हिन्दै गर्दा पुगेको त्यहाँ। त्यहाँ नारनदाईको पसल बाहीर एउटा सिलाबरको कुच्या बाटामा ट्युब डुबाएर बसीरा रे छ नारनदाई। झुरुप्प घेरेर हेरेम हामीले त्यो दृस्य। पानीमा डुबाउँदै घुमाउँदै गर्या साइकलको त्यो ट्युब घुम्दै एक ठाउँ पुगे पछी बुरुरु फोका उठ्न थाले पानीमा। संगैको साथीले जानकारी दियो उसैलाई मात्रै थाह भा हो कि जस्तो गरेर “तीँ रे छ ल पन्चट भाको” भन्दै। अर्कोले भन्यो, “तीन ईन्चीको किलाले छेड्या प्वाल हो यो”। अनि अर्को साथीले थप्यो “जति ईन्चीले छेड्या भए नी सुलोक्सन लाए पछी ट्याप्पै पार्छ।” नारनदाईले त्यो सुलोक्स्न लाएर पन्चट टालेपछी साईकलको टायर भित्र ट्युब घुसाएर हावा हाल्दे। साईकल तयार भो। अनि हाम्रो पनि काम सकियो त्यहाँ। तर हामीलाई धेरै बेर फुर्सद चैं हुँदैन थ्यो। फेरी केही न केही भेटीहाल्थीम हामीले।

एक दिन एउटा साथीको घरमा पुग्या उ स्याउ खाँदै रे छ। आमा चै उस्लाई गाली गर्दै थिईन। स्याउ खायो भनेर होईन अरु नै कुरामा। साथी चै स्याउ घुमाई घुमाई खाँदै थ्यो। उस्ले वास्ता नगर्या देखेर आमा उस्लाई घोईरो भन्दै अरु गाली गर्दै थिईन। साथीको अनुहारमा कुनै प्रतिकृया थिएन। मलाई त हैन साँच्चिकै बहीरो भएछ कि क्या हो जस्तै लाग्यो। आमा छेउ लागे पछी मैले सोधें “हैन सुन्न छोडीस कि क्या हो?” उस्ले म तिर नहेरी फेरी स्याउ दारेर भन्यो “ह्या–कत्ति सुन्नु त?”

साथीहरु मिलेर एक दिन भण्डारखाल पुगियो। त्यहाँ बेला बेला नगै चित्त नबुझ्ने। त्यो ढिस्का बसेर चुरोट तान्न असाध्यै मजा आउँथ्यो खै किन हो। चुरोट तान्दै गर्दा एउटाले भन्यो “पिकनिक त एउटा जानु पर्ने हो यार”। त्यो पिकनिक जाने भन्ने पनि एउटा चलन नै थ्यो। हिनेर पर जान नसकिने नजिकै पिकनिक नहुने। पैसाको कुरा उठे पछी सबै ब्रम्हचारी। अनि के को पिकनिक हुनु? घराँ पिकनिक जानु पर्यो पैसा देउ भन्यो भने कि त हान्ने राँगोले जसरी हेर्थे कि असनको साँढेको जस्तो चाल गर्थे – मतलब नगर्ने।

“सधै यसरी भएन यार पैसा जम्मा गर्नु पर्यो” अर्को साथीले एउटा लामो सर्को तानेर भन्यो। मैले उस्लाई सोधें “तँ सँग छ त गाँठ? कति सक्छस झिक्न?”। उस्ले मुन्टो झट्कार्दै कपाल मिलाएर भन्यो। “१० गाँठ छ म सँग।” अर्को साथीले त्यो १० गाँठ तिर हेर्दै भन्यो “खै यता फर्कि त” ।१० गाँठ पनि फर्कियो। अलि नजिकै आएर त्यो अर्को साथीले १० गाँठलाई हेर्दै सोध्यो “अहिले दशै पनि होईन, निधाराँ पहेंलो टीका पनि छैनन। काँ बाट भेटीस नी १०?”

” के पहेंलो टीका ” नबुझ्ने ले सोध्यो।

“मामाघराँ सराद थ्यो कि भनेर होला नी।” अर्कोले बुझायो। बाझाबाझ पर्ला जस्तो भो। त्यो दिन पनि पिकनिक को कुरा निस्कियो मात्रै अघि बढेन।

फेरी अर्को दिन पैसा नभए पनि पिकनिक जाने सुर कसियो । जोगी पिकनिक गर्ने भैयो। सबैले फरक फरक कुरा ल्याउने। मैले मेरो भागाँ पर्या काउली र मुला चोरेर ल्याएँ राती नै गएर। पिकनिक भोलीपल्ट थ्यो। चामल चै अरुहरुले घर घर बाट ल्याए। अरु भाँडा सामानहरुको पनि जोरजम्मा भो। धेरै पर जान भाडा थिएन। नजिकै तर पर जस्तो लाग्ने ठाउँमा गैयो। गफ सबै गर्ने काम कोही नगर्ने। चुरोट मात्रै सल्काएर तरुनीको गफ गर्दैमा भात नपाक्ने। भात बसल्या –बसाल्या त चामलै हो भात हुन्छ कि भन्ने आशाँ– त्यो बसाल्या ठामबाट पत्योल धुवाँ उठ्या उठ्यै थ्यो। धुबाँले पाक्ने भाको भए कुन बेला भात पाकिसक्या हुने।

भोक लागि सक्यो यार भन्दै काउली, साग, र मुला चपाउन थालियो। त्यो त नपकाई सकियो “ए, धेरै नखान यार पकाउनु पर्छ” भन्दा भन्दै। एउटा साथीले अर्को लाई “ए, यहाँ आगो फुक्न आईज त” भन्या त्यो अर्कोले फुक्ने आगो भा भे यस्तो हुन्थ्यो? त्यै धुबाँ फुके मात्रै हो अब — त्यै पनि तरकारी सबै काँचै खाएर सकियो अब यो बिरबलको खिचडी पाके पनि के नपाके पनि के?” भन्दै सोम त बाटो लाग्छ बा!

“कता नी तँ?” भन्या, “घर हिन्या म त अब, उतै गएर खान्छु” भन्दै उ हिन्यो। ह्या म पनि नखाने भनेर म पनि लागें। मैले ल्याको त्यै काउली र मुला थ्यो त्यो सकिईहाल्यो। अरु नी जान ताते। अलि अलि चामलको माया मार्न गार्हो थिएन। तर भाँडा ल्याउनेलाई पर्यो मार्का। झन त्यो धुबाँमा चामल बसाल्या भाँडा त हेरीनसक्नु भाको थ्यो। त्यो भाँडो ल्याउने उस्को भाँडो तिर देखाउँदै लस्किनेतिर हेरेर जंगियो “यो चाई कस्ले धस्काउँछ नी?”

खा भे पो मिलेर धस्काउने। कोही बोलेनन।

हाम्रो टोलको सडक नै रंगशाला थ्यो। खेल्ने ठाउँ नै सडक। घराँ छोराछोरीले अलिकति हल्ला गरे की बाउ आमा कुन चै छेउमा छन भन्थे “यता आएर नकराओ त — जाओ न उता सडकाँ गएर खेल”। तिनै बाउ आमा के छ र मरीलानु भनेर आँटैले होस वा के गर्नु भन्दै बाध्यताले होस ट्याक्सी चढेर हिन्या छन र बाटाँ खेलीरा केटाकेटीले गरेर बिस्तारै चल्या ट्याक्सी तर छिटछिटो चल्या मिटर देखेर तात्दै भन्थे सोमत न भाका बाउआमा उस्तै केटाकेटी उस्तै। सडकाँ नी खेल्न पठाउने हो?

हरीग्रामका कुरा धेरै छन। फेरी भेट भएछ भने सुनाम्ला।

—-
दीप

Literature , ,